अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् ।

दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने भएका हुन् ।

बिहीबार सुरु हुन लागेको कोप २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएका बेला राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा भने यो साता उनीहरू दुबई जाने उल्लेख गरिएको छैन ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिस सहभागी नहुने भएपछि अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्