त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने

काठमाडौं, १३ मंसिर । त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ ।

मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु हुने भएको हो।

नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोबारको लागि टिभिसिएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्