हमासले इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी

काठमाडौं, १० मंसिर । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ।

 

शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।

 

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतवार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्