भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोप १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

Photo: Social Media

कञ्चनपुर, १० मंसिर । सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो।

 

राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार भएको संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शनका पार्कभित्र रहेको सालिक तोडफोड भएको थियो । उक्त तोडफोडमा राप्रपाका आन्दोलनकारीहरु सहभागी भएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्