कञ्चनपुरको शुक्लाफाँटामा कार्तिक १७ गतेदेखि वडा स्तरीय फुटवल प्रतियोगिता हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं. ९ को कार्यालयले कार्तिक १७ गतेदेखि प्रतियोगिता गर्न लागेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनुभयो । प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका भित्रका १२ वटै वडाबाट सहभागिता हुन सक्नेछन् । यहि हप्ताको बिहिबार सम्म टिम दर्ताको लागि समय तोकिएको छ ।

खेलमा सहभागि हुन प्रति टीम ११ हजार दस्तुर तोकिएको छ । जसमा विजयी हुने पहिलो टिमले नगद रु ५१ हजार सहित प्रमाणपत्र र मेडल पाउनेछन् भने द्धितीय हुनेले नगद रु ३१ हजार सहित मेडल प्रमाणपत्र पाउनेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, प्रतियोगिताभरी सर्वाधिक गोल गर्ने खेलाडीलाई रु तीन हजार, उत्कृष्ट गोल रक्षकलाई नगद रु दुई हजार र उत्कृष्ट टीमलाई दुई हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल लिग चरणका आधारमा खेलाइनेछ । विकास निर्माणका कामसँगै युवाहरुको सहभागिता जनाउन खेल पनि आवश्यक रहेकोले प्रतियोगिता आयोजना गर्न लागेको समेत वडाअध्यक्ष ऐरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्