वडा अध्यक्ष खाति आफै गएर निर्माण गरे भत्किएको कुलो

रमेश बहादुर सिंह –

बझाङ को जयपृथ्वी नगरपालिका वडा नं ४का वडा अध्यक्ष ईश्वर बहादुर खातीले गरे भत्किएको कुलो को निर्माण गरेका छन्। बर्षाको समयमा सेति नदिमा पानीको बहाब बढेपछि भत्किएको कुलो वडा अध्यक्ष र जनता सग आफै गएर निर्माण कार्य गरेका छन्। दुई दिन देखि जनता सगै वडा अध्यक्ष खाति सम्वल र बिल्चा समातेर काम गरेका छन्।

जनप्रतिनिधि र जनता बिचको सम्बन्ध कस्तो भने उदाहरण वडा अध्यक्ष खातिले देखाएको स्थानीय बासिन्दाले बताएका छन्। गोलाइ जिउलोमा गहुँ छर्न समयमा पानिको अभाबले केही ढिला हुन सक्ने अवस्थालाई मध्यनजर गरेर वडा अध्यक्ष खातिले जनप्रतिनिधि जनताको सेवक भएकोले आफै स्थानिय बासि सगं सम्बल समातेर काम गर्ने गएका हुन्। काम गरे आफु सानो नहुने वडा अध्यक्ष खातिको भनाइ रहेको छ। आफु जहिले पनि जनताको सेवामा समर्पित भएर हरेक काममा सहभागी मात्र नभई आफै काम मा खटिने पनि उहाँको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्