घरायासी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् ।  सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

श्रीमान दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्