भानुभक्त जोशीको निर्देशन तथा धुव्र रानाकाे शब्द रहेको “तिम्रै यादमा दिन कटाछु” गीत सार्वजनिक

काठमाडाैं – विष्णु अधिकारी र निर्मला बस्नेतको स्वरमा रहेको तिम्रै यादमा दिन कटाछु गीतको भिडियो सार्वजनिक भएको छ । भानुभक्त जोशीको निर्देशनमा रहेको उक्त गीतमा नरेश ऐरले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन गरेका छन् । नविन नाथ, तृष्ण राई र धुव्र राना क्षेत्रीले अभिनय गरेका छन् ।

गायक धुव्र राना र विष्णु अधिकारीको शब्द तथा विष्णु अधिकारीको संगीत रहेको उक्त गीतलाई कृष्ण लामिछानेले एरेन्ज गरेका छन् । जुन गीतलाई सिंगर धुव्र रानाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

चाडपर्वको बेला श्रीमानको यादमा तड्पीरहेकी श्रीमतीलाई घर आउन नसक्ने र खर्च पठाएको भनी दुःखका शब्द गीतमा उल्लेख गरिएको छ । दिन गन्दै बसेकी श्रीमतीलाई एक्कासी घर नआउने श्रीमानको खबरले भावविह्वल भएको गीतमा देख्न सकिन्छ । यतिको समयसम्म याद नआएको हो र भनि श्रीमतीले श्रीमानलाई पैसा नभएपनि आफु फर्किन गीतमा अनुरोध गर्छिन । उता श्रीमान साहुले छुट्टि नदिएर घर आउन नपाएको गीतमा देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्