कारबाही फुकुवा गरेकालाइ स्विकार गर्न महाेत्तरी कांग्रेसकाे आनाकानी

विशाल बस्नेत, महाेतरी –  काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  । महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो ।यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो ।

कारवाही फुकुवा पछी पुर्बबत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे । पुर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पुर्णरुपमा अबैधानिक रहेको बताउदै क्षेत्रीय सभापति महेश झाले भ्रमपुर्ण पत्रको पछाडी नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।

केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काङ्ग्रेसको दावी छ । पाटीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए ।

तर कारवाही फुकुवापछी पुर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए । पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्