गायक भानुभक्तले ल्याए “अब यात्रा कालापानीको” गीत, सीमा रक्षाका लागि हिँडेको सपुतको कथा

काठमाडाैं – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले अब यात्रा कालापानी गीत सार्वजनिक गरेका छन् । बिहिबार निरन्तर मिडियाको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत गीतले निक्कै चर्चा पाउने देखिन्छ ।

एउटा देशभक्त नेपाल आमाको सपूत खुकुरी भिरेर नेपाली पोशाकमा सिमा क्षेत्रमा यात्रा तय गर्दछ । सिमामा भारतको ज्याजती विरुद्ध गीतलाई पूर्णता दिएका छन् । गीतमा सर्जक स्रष्टा भानुभक्त जोशीले देशभक्ति शब्दहरु समेटेर गितलाई मिठास दिएका छन् । हजारौँ ठक्कर खाएर बसेको र देशकै लागि जिन्दगी साचेको अनि देशकै लागि जन्मेको र देशकै लागि मर्ने भनि गीतमा उर्जा थपेका छन् ।

गीतमा जिवन संगीनी, लालाबाला बालबच्चा छोडेर सिमारक्षाका लागि हिँडेको सपुतको कथालाई गीतमा चित्रण गरिएको छ । गीतमा जीवनसंगीनीले पनि बालबच्चाको साहार बनिदिने र देशका लागि मरेको थियो भनि चित्त बुझाउला भनेर श्रीमानलाई सीमा क्षेत्र कालापानी, लिपुलेक, नालापानी तथा लिम्पियाधुरामा पठाउन इच्छुक भएको देख्न सकिन्छ ।

गायक भानुभक्त जोशीको शब्द संगीत तथा लयमा रहेको गीतको भिडियो भीम थापाले निर्देशन गरेका छन् । भानुक्त जोशी र गौरी भट्टले गीतमा स्वर दिएका छन् भने भुवन बडूले संगीत संयोजन गरेका छन् । विग परिवेश एचडीमा रेकर्डिङ गरिएको गीतलाई रिजन बडूले रेकर्ड गरेका छन् । भिडियोमा सुरेश बोहरा, झर्ना बोहरासँगै हिक्मत, पार्वती र यमुनाले अभिनय गरेका छन् । गीतको सुटिङको क्रममा अमृत उपाध्यायले छायांकन गर्नुका साथै ड्रोन अपरेट गरेका छन ।

गीतमा नेपाली नेताहरूले गफ मात्रै दिने गरेकाे र वास्तविक नेपाल आमाको लागि कोहि पनि चिन्तित नरहेको र भारतीय पक्षले मनपरी गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गीतमा नेपाल विरुद्ध सिमाको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिव्यक्तिदिएको भन्दै बन्चरो प्रहार गरि टेलिभिजन नै फुटाएर घर छोडी कालापानी, नालापानी, लिपुलेक, लिम्पियाधुराको यात्रामा गएको दृश्य चित्रण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्