नेपाल व्यापार संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल व्यापार संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विहिबार काठमाडौँको खिचापोखरीमा एक कार्यक्रमको आयोजना गरि २०८० सालको विजया दशमी, शुभदिपावली, छठ पर्व, नेपाल संवत ११४४ तथा ल्होसार पर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय ठमेलका प्रमुख कर अधिकृत बिमला अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले करको दायरामा आउनु भनेको राज्यलाई माथि उठाउनु भएकाले इमान्दारीताका साथ करको दायरामा आउनु व्यापारीहरुको समेत जिम्मेवारी भएको र करसँग भएका समस्या चुनौतीमा आफ्नो पूर्ण साथ रहने बताउनुभयो । साथै उहाँले नजिकिदैँ गरेका चाडपर्वहरुको शुभकामना समेत व्यक्त गर्नुभयो ।
यस्तै अध्यक्ष गौतमले व्यापारीहरुको समस्या लिएर आफु निरन्तर लागिपरेको र आगामी दिनमा पनि व्यापारिक क्षेत्रका समस्या सामाधानमा लागिपर्ने बताउनुभयो । साथै उहाँले गत बर्ष व्यापारीहरुले झेलेको समस्या समेत व्यक्त गरेका थिए । उहाँले हिउँदको सिजनको कपडा जेठ असारको महिना प्राप्त गरेको समेत गुनासो गर्नुभयो । साथै उहाँले भन्सार प्रमुख, अध्यागमन विभाग, कर कार्यालयहरुलाई समस्या राखेको र आगामी दिनमा सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले व्यापारीहरुलाई सहजता प्रदान गर्न महानगर समेत जिम्मेवार भएको बताउनुभयो । यसैगरी कार्यक्रममा अन्य वक्ताहरुले समेत शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका महासचिव दिपक सापकोटा, महिला उपाध्यक्ष पार्वती भट्ट, प्रदेशका उपाध्यक्ष, सदस्य, सल्लाहकार समिति सदस्य लगायत व्यापार संघका अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्