विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न नौगाड गाउँपालिकाको आग्रह

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकाले विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न सबै वडाकार्यालय र सरोकारवाहरुलाई सूचना जारी गरेको छ ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै विशु पर्वमा आयोजना हुने सबै जात्रा रोक्न भनेको छ । गाउँपालिकाले सबै वडा कार्यालय र सबै सरोकारवालाहरु लाई भनेर २ वटा छुट्टाछुट्टै सूचना निकालेको छ ।

हाल विश्वका अधिकांश देशमा महामारकिा रुपमा फैलिदै आइरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा व्यवथापनका लागि नेपाल सरकारको लकडाउन तथा भीडभाड नगर्ने नीति अनुसार यस नौगाड गाउँपालिका भित्रका ६ वटै विभिन्न स्थानमा विगतको सामाजिक परम्परा अुनसार नयाँ वर्षको अवसरमा आयोजना गर्दै आइरहेको विशु पर्व (जात्रा) आयोजना नगर्न नगराउन सम्पूर्ण आस्थावान जनसमुदायलाई सार्वजनिक स्थानमा सूचना टाँस गरी जानकारी गर्न गराउन हुन यो पत्र मार्फत जानकारी गरिन्छ । साथै सार्वजनिक स्थानमा सूचना टाँस गरेको मुचुल्का समेत बनाइ अभिलेख राख्न सूचित गरिन्छ ।  गाउँपालिका अधयक्ष प्रेम सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा लेखिएको छ ।
दार्चुलाका नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिकामा विशु पर्व निकै धुमधामकासाथ मनाइने गरिन्छ । सुदूरपश्चिमको प्रमुख चाँड गौरा पर्व जस्तै मनाइने विशुपर्व कोरोना भाइरसका कारण यस वर्ष स्थागित गर्नु परेको नौगाड गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्