कर्णालीका ६ स्थानीयतहलाई प्रभु बैंकको राहत

सुर्खुेत – प्रभु बैंक लिमिटेडले कर्णाली प्रदेश का ६ वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रादेशिक कार्यालय कर्णाली सुर्खेतको समन्वयमा कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा ५ लाख रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रादेशिक कार्यालयका सम्बन्ध अधिकृत जगदिश चन्द्र मिश्र बताए ।
उनका अनुसार नारायण नगरपालिका दैलेख, भागवतीमाइ गाउँपलिका दैलेख, गुराँस गाउँपलिका दैलेख, खर्पुनाथ गाउँपलिका हुम्ला र से–फुक्शुन्डो गाउँपलिका डोल्पा लाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको हो ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेत लाई भने भोली बिहान प्रभु बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शरद राज तिमिल्सिनाले चेक हस्तान्तरण गर्ने कार्यक्रम रेहेको छ ।
यस अघी नै संघीय सरकारलाई बैंकका तर्फबाट केन्द्रीयस्तरमा एक करोड रुपैयाँ सहयोग हस्तान्तरण भइसकेको छ । प्रदेशस्तरमा पनि बैकले सहयोगलाई निरन्तरता दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्