२ नं. प्रदेश सरकारले पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने

जनकपुर – कोरोना महामारी नियन्त्रणको लागि २ नं. प्रदेश सरकारले विभिन्न पाँचवटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यसै गरि बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

जलेश्वर अस्पतालले हिजैबाट स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ भने बाराले समेत आजै बाट स्तरोन्नतिको काम शुरु गरिने जनाएको छ ।

त्यसै गरि मन्त्री परिषदले कोरोनाको त्रासका बिच अहोरात्र खटि रहेका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युन्तम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५/५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
यता प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमता भन्दा बढी कैदी रहेको हुँदा त्यहाँ कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०/२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्