भारतमा कोरोनाबाट एक डाक्टरको मृत्यु

काठमाडौं – भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को कारण एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्