अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने शुक्लाफाँटा नगरपालिका–८ को चेतावनी

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने वडा अध्यक्ष बहादुर सिँह महराले बताएका छन् । उनले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन कार्य बन्द भएको र सो नियम विपरित काम गरिएको पाइएको तत्काल नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाउने बताएका छन् ।

वडा क्षेत्र भएर बग्ने विभिन्न नदी खलाहरुमा अवैध रुपमा नदिजन्य पदार्थहरु उत्खखन् र तस्करी भइरहेको, विभिन्न सामुदायिक वनहरुले नदिजन्य पदार्थहरुको अवैध बेचविखन गरिरहेको नगरपालिकाले नियमानुसार लिनुपर्ने रोयल्टी सामुदायिक वनहरुले प्रति ट्रालिका दरले आर्थिक सहयोग भनी अवैध पैसा असुल गरि राजश्व छली सम्बन्धि कसुर समेत भइरहेको भनी उजुरी पेश भएपछि यस्तो निर्णय लिएको हो ।

उजुरीका आधारमा यस्तो कार्य नगर्न सूचना जारी गरिएको हो । यदि सूचनाको अवज्ञा गरि यस कार्यमा संलग्न भएको पाइएमा कारवाही अघि बढ्ने सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्