कोरोना संक्रमितलाई मुख्यमन्त्री गुरुङको फोनः के भने फोनमा (पुर्णपाठ सहित)

काठमाडौं – कोरोना संक्रमण देखिएकी एक १९ वर्षीया युवती हाल धौलागिरी अस्पतालमा उपचाररत छिन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई गत १५ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमित युवतीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमा कुराकानी गरेका छन् । उनले युवतीको स्वास्थ्य अवस्था बुझ्नुका साथै विभिन्न सल्लाह पनि दिए । मुख्यमन्त्रीले बढीभन्दा बढी पानी पिउन आग्रह गर्दै रोग निको भएपछि मात्रै घर फर्किन भने ।

 

मुख्यमन्त्री र कोरना संक्रमितबीचको संवाद यस्तो थियो :

मुख्यमन्त्री : हेल्लो

युवती : हेल्लो

मुख्यमन्त्री : … बोल्नुभएको हो ? म मुख्यमन्त्री बोलेको क्या, पोखराबाट ।

युवती : सर नमस्ते

मुख्यमन्त्री : आरामै हुनुहुन्छ नि ? ज्वरो आएको छ कि छैन ?

युवती : छैन

मुख्यमन्त्री : ए, खोकी छ कि छैन ?

युवती : छैन

मुख्यमन्त्री : तपाईंलाई राम्रो हुन्छ क्या । नआत्तिनुहोला । डाक्टर नर्सले राम्रो हेरचाह गर्नुभएको छ ?

युवती : हजुर

मुख्यमन्त्री : पानी चैं धेरै खानुहोला । मैले डाक्टरहरुलाई पनि पानी धेरै दिनुहोला भनेको छु । उहाँहरुले तपाईंलाई पानी तताउने भाँडै दिएका छौं भन्नुभएको छ । पानी धेरै खानुपर्छ क्या ।

युवती : हवस् ।

मुख्यमन्त्री : चिसो चिज केही नखानुहोला । डाक्टरले भन्नुभएको होला नि होइन ? डाक्टर दिनमा कतिपटक आउनुहुन्छ हेर्न ? दुईपटक ?

युवती : यहाँ त आउनुहुन्न ।

मुख्यमन्त्री : कोठामा आउनुभएको छैन ?

युवती : छैन । फोनमा सोध्नुहुन्छ ।

मुख्यमन्त्री : तपाईं आनन्दले बस्नुहोला । आत्तिनुपर्दैन । निको हुन्छ । तपाईंको क्रिटिकल छैन क्या । तीन–चार पटक टेस्ट गर्नुपर्छ । निको भएपछि नेगेटिभ देखिन्छ । १४ दिनमा निस्कन्छु नभन्नुहोला । २/४ दिन अझै बस्नुपर्छ । पुरै रोग निख्रिएपछि मात्रै घर जानुपर्छ है बैनी ।

युवती : हवस् ।

मुख्यमन्त्री : म दिनदिनै डाक्टरसँग कुरा गरिरहेको छु । राम्रो उपचार गर्न भनेको छु । प्रगति भइरहेको छ भन्नुभएको छ । मन दह्रो गर्नुपर्छ क्या । केही पनि हुन्न ।

युवती : हवस् ।

मुख्यमन्त्री : भोलि पनि फेरि फोन गर्छु है । तपाईंलाई निको हुन्छ क्या ।

युवती : हवस् ।

 

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्