काठमाडौबाट गाउँ फर्किने सोचमा हुनुहुन्छ? भोलि र पर्सि जान दिने सरकारको निर्णय

काठमाडौं – लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई २८ र २९ गते उपत्यका बाहिर जान दिइने भएको छ ।

बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ । जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् ।  लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्