सुदूरपश्चिम प्रदेश सरकारको कोरोना रोकथाम कोषमा रु ४० करोड ६३ लाख

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस व्यवस्थापन जोखीम नियन्त्रण तथा व्यवस्थापन कोषमा ४० करोड ६३ लाख जम्मा भएको छ ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटवहादुर बोहराले कोषमा ४० करोड ६३ लाख जम्मा भएको वताएका हुन् । उनले ४० करोड प्रदेश सरकारको र ६३ लाख अन्य क्षेत्रबाट जम्मा भएको बताए ।

उक्त कोषमा व्यापारी उद्योगीहरुले एक लाखदेखि माथि र सर्वसाधारणले ५ हजारसम्म पनि जम्मा गरिरहेको मन्त्री रावलले बताए । उनले अहिलेसम्म सबैभन्दा वढी बैंक तथा वित्तिय संस्थाहरुले सहयोग गरेको बताए । उक्त रकमबाट प्रदेशमा आवश्यक पर्ने सवस्थ्य सामग्री खरिद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मन्त्री वोहराले जानकरी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्