राजनीतिक पुर्वाग्रहका कारण मेरो चरित्र  हत्या गरियो : पूर्व मेयर धामी

काठमाडौं – दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक युवालाई निर्घात कुटपिट गरिएकाे छ । एक युवालाई अर्को युवाहरुको समुहले कुटपिट गरेको हो ।  कुटपिटमा परी २१ वर्षीय दिनेशसिंह धामी घाइते भएका छन् ।  पीडित परिवारका अनुसार घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको निर्देशनमा भएको हो । तर पूर्व मेयर धामीले भने आफ्नो कुनै संलग्ना नरहेको बतएका छन् । उनले उपहार खबरसँग कुराकानी गर्दै भने, ‘घटनामा आफ्नो कुनै संलग्नता छैन, राजनीतिक पुर्वाग्रहका कारण मेरो चरित्र  हत्या गरियो ।  यो घटनामा मलाई बदनाम गर्नका लागि केही सञ्चार मध्यमले समाचार लेखेका हुन् ।’

यता दार्चुलाको शैल्यशिखर नगरपालिकाका पूर्व मेयर अमरसिंह धामीले भने यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाउनु भएको छ । घटनामा आफ्नो कुनै संलग्नता नरहेको तथा आफ्नो चरित्र हत्या गर्न खोजेको दाबी धामीको छ । धामीले यस घटनामा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउनु भएको छ । पूर्व मेयर धामीले आफ्नो चरित्र हत्या हुने गरी कुप्रचार गर्नको खोजेको बताएका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले पनि उक्त कुटपिटको घटनामा पूर्व मेयरको कुनै संलग्नता नरहेको जानकारी दिए  । उनका अनुसार गौराका दिन दुई युवाहरुको समूहबीच कुटिपिट भएको तर पूर्व मेयर धामीको संलग्नता भने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्