बोलन्या थलीको ‘दैलोमै दवाई’ अभियान, ड्रोनमार्फत घर-घरमै औषधि

कैलाली – कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषधि पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

लकडाउनको यो बेला अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई घरमै पुगेर निःशुल्क औषधि दिइरहेको उनले बताए । हातमै दिँदा कोरोनाको जोखिम बढ्ने भएकाले ड्रोनमार्फत कसैको पनि सम्पर्क बिना घरमै औषधि पुगाईरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर यस्तो अभियान सुरु गरिएको उनको भनाई छ । बुधबारबाट नै सुरु गरिएको अभियानको सुरुमा फुलवारीका दुई र जालीका एक जनाको घरमा औषधी पुराइएको संयोजक जोशीले बताए ।

पश्चिमसेती जलविद्युत आयोजना छिटो बनाउन दबाब दिने उद्देश्यले काठमाण्डौंको माइतीघर मण्डलामा कचौरा जुलुस, कीर्तिपुरमा सांगीतिक संघर्षलगायतका कार्यक्रम गरेको ‘बोलन्याथली’ सामाजिक कार्यमा संक्रिय संस्था हो । केही दिनअघि धनगढीमा भारतबाट आएकाहरुको सहयोगकालागि आश्रय अड्डा पनि सञ्चालन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्