पाकिस्तानमा ५० जना डाक्टर पक्राउ

File Photo

पाकिस्तानको क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पुलिसले पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न कोसिस गरेको आरोप लगाइएको छ । मंगलबार डाक्टरहरु यसको विरोधमा उत्रिएका थिए ।

दक्षिण एशियामा भारत पछि पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण बढी फैलिएको छ । पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसका ३ हजार ८ सय संक्रमित भेटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्