कोरोनाबारे भ्रम फैलाउने कैलालीका एक युवक पक्राउ

कैलाली – कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजाल फेसबुकमा गलत स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२ बस्ने पवनकुमार भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

उनले आफ्नो फेसबुकमा टीकापुर नगरपालिका–१ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको थिए ।

कोरोनाको त्रास फैलिरहेको बेला यस्ता खबरले नागरिक त्रसित हुने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटस राखेको प्रहरी समक्ष बयान दिएका थिए । उनीमाथि आवश्यक कारबाही हुने प्रहरी प्रवक्ता बस्नेतले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्