मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो । त्यस्तै लगातार चौथो त्रैमासिकमा पनि घरायसी खपत घटेको बताइएको छ । पहिलो त्रैमासिकमा ०.८ प्रतिशतले जिडिपी घटेको थियो । स्वीडेनको दोस्रो त्रैमासिकको जिडिपी वार्षिक रुपमा २.४ प्रतिशत र त्रैमासिकमा १.५ प्रतिशतले संकुचित भएको छ ।

त्यस्तै निर्यात ०.८ प्रतिशतले घटेको छ । पहिलो त्रैमासिकको तुलनामा आयात ०.१ प्रतिशतले बढेको एससीबीले जनाएको छ । घरायसी खपत पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ । त्यस्तै स्विडिस नागरिकको आयमा गत वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ । पहिलो त्रैमासिकमा गत वर्षको तुलनामा केन्द्र सरकारको खपतमा ०.८ प्रतिशतको वृद्धि भएको छ । फेब्रुअरीमा जारी युरोपियन आयोगको आर्थिक पूर्वानुमानमा स्विडेनको अर्थव्यवस्थालाई युरोपमै सबैभन्दा खराब अर्थव्यवस्थाको रुपमा सूचिकृत भएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।