फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरुमा अबाया लगाउने अनुमति नदिइने बताउनुभएको हो । उहाँले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरुको लागि लागि राष्ट्रिय स्तरमा स्पष्ट नियमहरु स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताउनु भयो ।

केही समय यता अबाया लगाउने घटनाका काराण् मन्त्री विवादित बनेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।