इजिप्टका राष्ट्रपतिका प्रवक्ताले एक विज्ञप्तीमा तटीय शहर न्यु अलामिनमा भएको भेटमा सिसीले आधिकारिक र लोकप्रिय स्तरमा आफ्नो देश र सुडानको ऐतिहासिक बन्धन र सम्बन्धलाई महत्पूर्ण रुपमा लिएको बताउनु जनइएको हो । सिसीले सुडानको साथमा उभिन र सुडानको सुरक्षा, स्थिरता, एकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न इजिप्टले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै सुडानी सशस्त्र बलका जनरल कमाण्डरसमेत रहनुभएका अल बुर्हानले सुडानको सुरक्षा र स्थिरतालाई समर्थन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । भेटका क्रममा दुई नेताले सुडानमा भएका घटनाक्रमको समीक्षा गर्दै सुडानी जनतालाई मानवीय सहायता सुनिश्चित गर्ने उपाय र सुडानी संकट समाधानका प्रयासबारे पनि कुराकानी भएको थियो । अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा सेना र आरएसपी बीचको सशस्त्र झडपमा ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ हजार भन्दा बढी घाइते छन् । ४ मिलियन भन्दा बढी मानिस घर छोडेर भागेका छन् । ३.२ मिलियन मानिस आन्तरिक रुपमा बिस्थपित भएका छन् । त्यस्तै ९ लाख मानिस चाड, इजिप्ट र दक्षिण सुडान लगायतका देशहरुमा शरण खोजिरहेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सागम्री ।