तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो । आज जनैपूर्णिमा मनाइएको छ । बिहीवार (भोलि) गाईजात्रा मनाइने जनाइएको छ ।भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइँदै छ ।