क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन्  ।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने हुन्छ । शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आएपनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको बताउनु भयो ।

उहाँले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताउनु भयो । उहाँको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लाग्नुभएको थियो ।

उहाँले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्नुहुन्छ । सामाजिक सञ्जालमा अहिले उहाँलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।