सारुक मृत्यु प्रकरणबारे नम्रता श्रेष्ठले भनिन्, ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा पहिलोपटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपीलसमेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् । प्रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गर्दै नम्रताले प्रहरीले दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान हुनेमा आफू आशावादी रहेको बताएकी छन् । उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् ।

नम्रता र सारुकले फिल्म ‘ह्यासट्याग’मा सँगै काम गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्