स्त्रीको स्त्रीसँग प्रेम

लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

साउन महिना २९ गते घडीमा अहिले बिहानको ८ बजेर ठ्याक्कै १ मिनेट गएको छ।
म घरको आगन छेउमा कुर्सी राखेर बसेकी छु।
पल्लो गाउँमा कुकुर भुकेको आवाज
घर नजिकै बाटो भएकोले बाटोमा गाडीको आवाज
र घर भन्दा अलि पर काब्रोको रूखमा काग कराएको आवाज आएको छ।
२/४ दिन देखि परेको अविरल वर्षा आज रोकिएको छ र
मौसम धमिलो छ बर्खा भएर होला।

घरको दलान् मा भएको खाटमा मम्मी ‍भाई र कान्छो भाइ बसेर रहेपहेका लिचि खादै हुनुन्छ।
केही दिन देखि लेख्न खोजेको तर खै के नमिलेर लेख्न नपाई बसेको एउटा कथा लेख्दै छु।
म सधै शिर्षक सोचेर कथा लेख्ने मान्छे तर अहिले शिर्षक के राख्ने होला मेसो पाएकि छैन ।
केही समय पहिले मलाई एउटा महिला साथीले फेसबुकमा केही कुरा राखेकी थिन्
जसको परिचय म गोप्य राख्न चाहे
म उनलाई चिन्दिन तर उनले मलाई आफ्नो विश्वास गरेर आफ्नोज मनको कुरा बताउन खोजिन्
मेरो काम थियो मात्रै उनका कुरा सुन्ने
कसैको कथा ब्यथा सुनेर उनको मन हल्का हुन्छ भने म सुनिदिने गर्छु।

कुनैकुनै कुरा कस्ता हुन्छन् भने
न बिद्यालयमा पढाउछन्
न घरमा सिकाउछन्
न अरुलाई भन्न सकिन्छ न त डाक्टरलाई नै ‍भन्न
यी कुरा हरु मनमा दबाएर राख्दा मनमा एउटा उकुसमुकुस हुने गर्छ तर ती कुरा कसैलाई सुनाउन पाए त्यो भन्दा आनन्द अरु केही हुदैन।
केही महिना देखि उनले आफ्नो कुरा भन्न खोजेको तर कहिले मेरो समय नहुने कहिले उनलाई अप्ठ्यारो पर्ने भएकोले समय मिलेको थिएन तर एक दिन समय मिलाएर उनले मलाई सबै कुरा बताइन् जुन कुरा म आज लेख्दै छु।

उनले मलाई बताएका सबै कुरा हरु त लेख्छु नै तर त्यसमा पनि कथालाई आकर्षक बनाउन केही रङ्ग हरु थप्ने छु।
उनलाई मैले भन्नुस् के सुनाउन चाहानु हुन्छ भने
उनले सुरुमा अप्ठ्यारो माने जस्तो लाग्यो अनि मैले उनलाई अरु सामान्य कुरा गरे
एकछिन पछि उनी सरल भएजस्तो लाग्यो र भनिन्
म एउटा विवाहित महिला हु
मेरो एउटा १३ वर्षको छोरा
र ८ वर्षकी छोरी छ।
श्रीमान् विदेश हुनुहुन्छ।

मेरो बिहे १९ वर्षमा मागेर भएको थियो।
भर्खरै बैँस चढ्दै थियो म मा
तर म केटा तिर नभएर केटी तिर आकर्षक हुन्थे
मेरा केटी साथीहरू धेरै थिए उनिहरु संग समय बिताउन रमाइलो लाग्थ्यो
केटिहरु मध्य पनि मेरी एउटि सबैभन्दा मिल्ने साथि थि।
म उ संग हिड्थे डुल्थे
उ अरु केटी भन्दा राम्री पनि लाग्थ्यो
उ पनि चढ्दो वैंसमा थि
शरीरमा पनि यौवनको विकास हुदै थियो।

हामी यौनका कुरा गथ्र्यो
स्तन रौ शरीर यस्तै अंगहरुका कुरा
हामी धेरै नै मिल्थ्यौ
उसले मलाई सबैभन्दा मिल्ने साथी माने पनि म उसलाई मिल्ने साथी संगै अरु पनि मान्थे त्यो सम्बन्ध लाई के नाम दिने मलाई थाहा छैन
उ कहिलेकाही मेरो घर बस्न आउथि अनि कहिलेकाही म उसको घर बस्न जान्थे
हामी संगै सुत्थेउ
सुत्ने बेलामा पनि म उ संग टासिएर खुट्टाले उसलाई च्यापेर सुत्थे मलाई यौनको प्यास लाग्थ्यो त्यो पनि केटी नै संग मलाई अचम्म लाग्थ्यो यो उमेरमा विपरीत लिङ्ग प्रति आकर्षण हुन पर्ने तर म किन एउटै लिङ्ग तिर आकर्षक भएकी थीए।

हामी टासिने मोई खाने त गर्ने गर्थ्यो तर यो हामीलाई सामान्य लाग्थ्यो केटी केटी धेरै मिल्ने साथी भन्थे अरुले।
उसले मलाई साथी मानेरै नजिक हुन्थि तर म खै के भनु मलाई नै थाहा छैन ।
अझ उ अरु केटी केटा हरु संग बोल्दा पनि मलाई जलन हुन्थ्यो।
यतिकै चल्दै थियो मेरो घरमा बिहेको कुरा चल्यो परिवारलाई नाई ‍भन्न सकिन अनि मेरो बिहे भयो बिहेमा साथी संग निकै रोएकी थिए।
साथी पनि रोएकी थि तर उ रुनु र म रुनुमा भावना फरक थियो सायद
बिहे पछि त श्रीमान् संग सुत्नु पर्ने
छोराछोरी पाउनु पर्ने माया गर्नु पर्ने बाध्यता भएको थियो तर मेरो शरीरले श्रीमान भन्दा पनि साथीको माया लाग्थ्यो।

श्रीमान् संगको मेरो सम्भोगमा श्रीमान् लाई त खुसी बनाउथे तर मलाई उहाले कहिल्यै खुसी बनाउन सक्नुभएन उहाको अगाडि म उहालाई माया गर्छु ख्याल राख्छु एउटा श्रीमतीले निभाउनु पर्ने सबै कर्तव्य निभाउछु हाम्रो पारिवारिक सम्बन्ध राम्रो छ।
तर मेरो साथि प्रतिको प्रेम अझै उस्तै छ।
यतिकै मा मैले उनलाई सोधे अनि तपाईंको साथिको चाहाना के थियो बुझ्ने कोशिश गर्नु भएन।
उनले भनेकी थिन्
बिहे पछि पनि हाम्रो देख भेट हुन्थ्यो भेट हुदा उसलाई अंगालो हाल्थे चुम्बन खान्थे छुन्थे तर उ साथीको माया सोच्थि होला तर म भने उसलाई मेरो प्रेम सोच्थे।

अहिले त उसको पनि बिहे भयो उसको पनि एउटा छोरा छ उ खुसी छ बुढा संगको सबै कुरा मलाई सुनाउछि तर मलाई जलन हुन्छ
उसले हामी बुढा बुढीको त रात भरि ३/४ पटक हुन्छ।मलाई धेरै माया गर्नु हुन्छ भन्दै सुनाउदा मलाई जलन हुन्छ।
हुनत मेरो श्रीमान ले पनि मलाई पटकपटक सम्भोग गर्नु हुन्छ तर अह म उसलाई सधै एउटा कर्तव्यको रुपमा पूरा गरेकी हुन्छु।
श्रीमान बिदेशी हुदा २/३ वर्षको १/२ महिना सम्बन्ध राख्नु पर्ने हुन्थ्यो।
मेरि साथिको शरीर निकै लोभ लाग्दो छ।

उसको छाती कम्मर ओठ गाला लाई उफ्
मलाई उसको शरीर संग खेल्नुछ टोक्नु छ साच्चै भन्नू पर्दा मलाई उ संग सम्भोग गर्नुछ।
तर बिचरा उसलाई यो कुरा थाहा छैन।
अब त कल्पना र सपनामा मात्रै यो कुरा सम्भव छ।
यस्तै यस्तै कुरा उनलेे मलाई दोहोर्‍याएर भनिरहेकी थिन्
तर मैले बुझे उनले भन्न खोजेको कुरा
मैले उनलाई सोधे के अहिलेसम्म कोही महिलालाई सम्भोग गर्नु भयो त अथवा कोही मिल्ने पाए बस्नु हुन्छ भनेर।

उनी हासे जसरी भनिन् अहिलेसम्म त बसेकी छैन तर कहिलेकाही कुनै राम्री महिला देख्दा मन चाहिँ लाग्छ यदि जिन्दगीमा कुनै साथी म जस्तै भेटिए ईच्छा छ।
एक वर्ष जति भयो सामाजिक संजाल बाट महिला साथी भेटाएकी छु।
उनको र मेरो भेटाघाट त भएको छैन।
तर फोनमा च्याटमा भिडियो कलमा थुप्रै कुरा हुन्छ।
हामी एकअर्काको नग्न तस्बिर पठाउने भिडियो कलमा कामुक कुरा गर्ने गर्छौ।
उनी संग कुरा गर्दा मलाई आनन्द लाग्छ।
उनको पनि आफ्नो परिवार छ उनका श्रीमान पनि बिदेशी हुन।

हाम्रो बुढाहरुलाई हामी साथी भन्ने थाहा छ तर हाम्रो सम्बन्ध बुढाबुढीको छ भन्ने हामीलाई मात्रै थाहा छ।

हाम्रो बुढाहरुलाई हामी साथी भन्ने थाहा छ तर हाम्रो सम्बन्ध बुढाबुढीको छ भन्ने हामीलाई मात्रै थाहा छ।
हामी अब भेट्ने कुरा छ उनी हाम्रो जिल्ला घुम्न आउने र हाम्रो मा बस्ने मनका रहर पूरा गर्ने सोच बनाएका छौ।
म मेरो महिला साथी संगको सम्भोगको प्रतिक्षामा छु।
तर मलाई मेरो पुरानो साथी संगको ईच्छा भने अझै पनि छ।
र यतिकैमा उनको उता के काम पर्छ र मेरो व्यथा सुनाउन पाए आज धेरै मन हलुका भयो
मेरा कुरा सुनिदिएकोमा धन्यवाद ममता जि भन्दै उनी बिदा भइन्।
यता मलाई यिनी कुरा सुन्दा अचम्म लागेको थियो ।

मेरो मनमा ६/७ महिना पहिले फेसबुकमा तपाईंको फ्यान हु भन्दै नेपाली मान्छे अष्ट्रेलिया बाट म्याजेजमा र एक पटक कलमा रुदै एकजना पुरुषले भनेको कुरा याद आऊछ।
त्यो मान्छेले मलाई म्यासेजमा अचम्मको कुराहरु लेखेर पठाउथेउ म खासै ध्यान दिन्थिन् ती कुरामा धेरै नै म्यासेज कल आएपछि मैले एकदिन ति मान्छे संग कुरा गरेकी थिए।
उनले कलमा आफ्नो परिचय सबै खुलाएका थिए। र उनले पनि आफ्नो व्यथा सुनाउँछ
जसमा उसले भनेेका थिए
म घर गएको बेला परिवारले कर गरेर बिहे गरे
हाम्रो मागी विवाह भयो बिहे पछि श्रीमती लाई पनि अष्ट्रेलिया नै ल्याए
अहिले बिहे गरेको २ वर्ष भयो तर श्रीमती म संग सहवास बस्न मान्दिन
सुरुसुरुमा त नेपाल हुदा लाजले अथवा डर होला लाग्थ्यो तर पछि थाहा भयो उसलाई केटी मन पर्ने रहेछ।

यो कुरा परिवार लाई पनि भन्न सक्दैन
उसलाई जबर्जस्ती गर भने बिदेशी कानुनले मर्नु बनाउछ म यसरी बाच्नै नसक्ने भएको छु भन्दै रुदै सुनाएका थिए।
तर मलाई यिनी कुरा सुरुमा खास लागेर सुनेपनि पछि काम ब्यस्तताले बिर्सिए र कुरा गर्न पनि बन्द गरे
पछि ती महिलाले यी कुरा भने पछि बल्ल ती युवाको याद आयो।
अहिले बिहानको ९ बजेर १८ मिनेट गयो म अहिले पनि आगनको कुर्सीमा नै छु मधुरो पानी पर्न सुरु भएको छ। बाबा पसल गैसक्नु भयो मम्मीले बारिबाट तरकारी ल्याएरू पकाउदै हुनुन्छ
भाइ यता उता गरिरहेको छ साथै बेलाबेलामा दिदी पानी परो दलान् मा आउ भनेछ।

पल्तिर ठूलो बुबाले घाँस काटेर आउदै हुनुन्छ
पल्लो गाउमा अझै पनि कुकुर भुकिरहेको आवाज आएको छ।
रुखहरुमा चराहरु कराइरहेका छन्।
पानी अब सिमसिम पर्न लाग्यो म कुर्सी लिएर दलान् मा आएर बसे र सोच्न लागे।
सबैलाई कुनै कुराको प्यास् छ
कति कुरा त भन्न मिल्ने तर कति कुरा भन्न नमिल्ने
समाजले स्विकार नै गर्न नसकिने कुरा
जसलाई पर्छ उसले बुझ्ने कुरा।
पुरुषलाई पुरुषको र महिला लाई महिलाको प्यास पनि त हुन्छ।
अहिले त बरु खुलेर भन्ने चलन आउदैछ।
पुरुष पुरुष महिला महिला बिहे पनि गर्छन्
तर पहिले यस्तो हुदैनथ्यो ।

मनको कुरा बाहिर ल्याउन नसकिने अवस्था थियो।
हुनत त्यो बेलामा पनि त ती महिलाले जस्तो चाहाना राख्ने हुन्थे।
तर यो समाजको डरले आफुलाई मारेर बसेका हुन्थे।
हाम्रो समाजमा अझै पनि यस्ता धेरै मान्छे छन्।
जसले यी र यससम्बन्धी कुरा गर्न डर लाज मान्छन्।

यो आफै बनाएर हुने कुरा पनि त होइन शरीरमा भएको केही बेग्लै खालको परिवर्तनले उनिहरु लाई यस्तो बनाएको हुन्छ भन्ने कुरा हाम्रो समाजले खै कहिले बुझ्ने हो भन्दै
बाकि थप कुरा हरु पुस्तक निकाल्दा राख्ने भन्दै।
लेखलाई यही टुंगो मार्छु। साथै यो कथाको शिर्षक के राख्ने
र अब यो लेखलाई कतिबेला रेकर्ड र इडिट गरेर फेसबुक र युटभमा टासु सोच्दै भित्र भान्सामा गएर तामाको बेलाको पानी पिउन थाल्छु।

ममता अर्यालका अन्य लेखहरु

परस्त्री संग प्रेम

महमा डुबेका औंलाहरु

छोटो रातको लामो कथा

अधुरो प्यास (यौन कथा)

काली आईमाई – कामुक/यौन कथा

तिम्रो शरीरमा हिमाल पहाड तराई देख्छु

सम्बन्ध

वेश्या

को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्