ममता अर्याल ‘लैलै’
चिसा छन् रातहरु अनि काम्ने दिनहरु छन्।
हजारौ सपना छन कम्बलमा,
र सपना हरु कम्बल भित्रै हराउछन् बिलाउछन्
बाहिर धेरै चिसो छ र चिसो हावा संग मेरो दुश्मनी छ ।
झ्यालको कतै कुना खुला छ,
सायद, यी चिसो हावाले मेरो शरीरसँग कुरा गर्छन्।
त्यो पनि मलाई तताउने कुरा हुनुपर्छ।
कतै बाट भागेको माहुरीको हुलले केही यादहर लेराउछ।
अनि मेरो शरीरको एउटा कुनामा ती यादहरु थुपार्न थाल्छन्।
माहुरीले बोकेर लेराएका यादहरु शरीरको कुनामा भरिन्छ र बग्न थाल्छ।
त्यो बेला मेरो शरीरमा एक प्रकारको उथलपुथल हुन्छ।
मेरो शरीरका नशाहरु तन्किए जस्तो लाग्छ।
कस्तो कस्तो एउटा उत्तेजनाले शरीर लाई तताइदिन्छ।
मलाई आफुसंगै प्रेम हुन्छ मेरा शरीरका कुनैकुनै अङ्ग झमझम गर्छन्
म आँखा बन्द गर्छु तर अंह निद लाग्दैन मलाई त झन तिर्खा लाग्छ।
म आँखा बन्द गरेर मौरीहरुले बोकेर लेराएका रसैरसले भरिएको महमा हात राख्छु।
औलाहरुले निर्दयी रुपमा एउटा बाटो फेला पार्छन्
मैले महसुस पनि गर्छु महको चम्किलो खोलो मेरो खुट्टाको तिघ्रा हुँदै बगेको छ।
रातिको समय छ कोठा बाहिर बाट किरा र अनेक कुराको आवाज भित्र आएको छ।
मलाई लाग्छ बाहिर झरि परिरहेको छ।हावाको गति पनि बढे जस्तो लाग्छ।
हावाका ती लहरहरु झ्यालको एक कुनाबाट मलाई छुन आएका छन्।
त्यो हावाले मलाई एक प्रकारको मातमा लठ्ठ पार्छ।
मातमा लट्ठीएको ज्यानमा उकुसमुकुस हुन्छ।
शरीरले केही कुरा खोजे जस्तो र केही कुरा बाहिर फाल्न खोजे जस्तो लाग्छ।
म घरि यता कोल्टे फेर्छु घरि उता कोल्टे फेर्छु।
मलाई बेलाबेलामा तिर्खा लागे जस्तो घाँटी मुख र ओठ सुकेको महसुस पनि हुन्छ।
बिस्तारामा भद्र तरिकाले पल्टेको शरीर लाई आफै कोपरौ र टोकौ अनि मासु एकातिर हाड एकातिर बनाउ जस्तो पनि हुन्छ।
बन्द आखाले पनि अनेक कुरा देखिरहेका छन्
मनले तिनै अनेक कुरा मागेको छ र शरीर ती कुराको पर्खाईमा तड्पिरहेको छ छट्पटीरहेको छ।
आखाले केही कुरा देख्छ दिमागले ती कुराको बारेमा केके सोचिदिन्छ अनि मनले ती कुराको चाहाना राख्छ र बिचरा शरीरलाई भोक लाग्छ।
जब भोको शरीरले खान पाउदैन उ आफैलाई खान थाल्छ।
मेरा औंलाहरू मै माथि घुमिरहेका छन्।
मलाई बिस्तारै छोए जस्तो पनि गर्छन्
जसरी किनाराले समुन्द्र लाई छुन्छ।
भमराले फूललाई छुन्छ।
मौरिहरु कसरी मौरी घर अगाडि भुन्भुन् गरेर भुन्भुनाउछन् त्यसै गरि
यि राम्रा र साना औंलाहरू मेरो लागि मेरै शरीरमा नाचिरहेका छन्।
एउटा जोशले भरिएको नाच सुत्ने बेलामा नाच्न मन लाग्छ
मेरो मुख बाट अनौठो आवाज निस्किन्छ ।
शिर देखि पाउ सम्म शरीरमा गर्मीले पसिना आउछ
दातहरुले ओठलाई नदुख्ने गरि बेस्सरी टोक्छु
औलाहरु नाचिरहेका छन् मेरो मनले पनि रोकिन मान्दैन र औलाहरु लाई नचाइरहन्छु।
अनि सोच्छु आज रातभरि नै औलाहरु लाई
नचाउने छु। अनि पानी संगै आधी हुरीबतास प्रकृति प्रकोप एकैपटक आए जस्तो हुन्छ।
यो प्रकोप संगै मेरो अनुहारमा एक प्रकारको डरलाग्दो चरम आनन्द झल्किन्छ।
एकैछिनमा औलाहरु चल्न छोड्छन्।
बाहिर आकाश गर्जिदै पानि परेको छ यसरी पानिका कारणले आएको आवाज पनि कसैले कार्यक्रम सकिए पछि बजाएको तालि जस्तो लाग्छ।
मौरिहरु कसरी आफ्नो घारमा बस्छन् त्यसरी बस्न मन लाग्छ।
औलाहरु महले भरिएको भाडा डुबेर बसेका छन् जस्तो लाग्छ।
औलाहरु मा महको चम्किलो टल्किए जस्तो छल्किए जस्तो हुन्छ।
मन,तन र दिमाग पनि थाकेर अहिले केही सोच्नै सक्दैन यो सबै भ्रम हो
एकछिनको परम आनन्दले आफैंलाई पछुतोको महसुस बनाउछ।
भोलिका दिनहरुमा यसरी नाच्ने काम गर्नु हुदैन
यो मात्र जिन्दगी होइन भन्ने बनाउछ
कसम खाएर भन्छु त्यसपछि थाकेका दिमाग ,मन र शरीरले नै भन्छ
यो सब राम्रो होइन।
अनि भन्नुस् आफ्नै तन मनले त चरम सुख पाए पछि आफैलाई एकैछिन टाढा राख्न खोज्छ भने
अरु संगको चरम सुख पछि के होला।
तर पनि कामुकता प्रेमको चरम रूप हो।
यसलाई सभ्यताका साथ मनाउनु पर्छ।
यसको पवित्रता बिगार्नु हुँदैन।
भन्दै बाहिर झरिको आवाज सुन्दै भुसुक्कै निदाउछु।
कामुक लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी
हालको बुटवल, रुपन्देही
ममता अर्यालका थुप्रै लेखहरु पढ्नसक्नुहुनेछ ।
अधुरो प्यास (यौन कथा)
काली आईमाई – कामुक/यौन कथा
परस्त्री संग प्रेम
श्रृङ्गारिक रचना
सम्बन्ध
को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका