काठमाडौँ – सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायभित्रै रहेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने गरी सूचीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त निर्णयबारे नेपाल राजपत्रमा सूचना प्रकाशन गरिनेछ ।
बैठकले यससँगै भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।







