इरान-अमेरिका तनावबीच कूटनीतिक दौडधुप तीव्र

इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि इस्लामाबाद पुगेका छन् । शनिबार मात्र इस्लामाबादबाट मस्कट पुगेका अराघची पुनः उच्चस्तरीय भेटघाटका लागि पाकिस्तान फर्किएका हुन् । निर्धारित कार्यतालिका अनुसार इस्लामाबादमा छलफल सकेपछि उनी मस्को जाने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र अमेरिका विजयी हुने दाबी गरेका छन् । उनले इरान वार्ताका लागि तयार भए सिधा संवाद गर्न सकिने बताएका छन् । इस्लामाबाद भ्रमणका क्रममा अराघचीले पाकिस्तानका सेनाप्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका छन् । विश्लेषकहरूका अनुसार उनले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः सुरु गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

अराघचीले क्षेत्रीय कूटनीतिक पहललाई तीव्र बनाउँदै कतार, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूसँग टेलिफोन संवाद गरेका छन् । ती वार्तामा युद्धविराम, क्षेत्रीय सुरक्षा अवस्था र अमेरिका-इरानबीचको तनावबारे छलफल भएको जनाइएको छ ।

यद्यपि अमेरिकी सेनाले इरानमाथिको नाकाबन्दी कडाइका साथ कार्यान्वयन गरिरहेकाले क्षेत्रीय तनाव भने अझै कायम रहने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्