वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए) द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ ।

बिबिभीए मेक्सिकोद्वारा जारी गरिएको इयरबुक अफ माइग्रेसन एण्ड रेमिटेन्स २०२३ ले मेक्सिकोमा आउने श्रोतको प्रवाह सन् २०२३ मा ६३.७ बिलियन अमेरिकी डलर पुग्ने बताइएको हो । जुन २०२२ को अन्त्यको तुलनामा ८.९ प्रतिशतले बढेर ६७.९ प्रतिशत हुनेछ । सन् २०२४ मा ६.६ प्रतिशतले वृद्धि हुने बताइएको छ । प्रतिवेदनले मेक्सिको हाल विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स गर्ने दोस्रो ठूलो देश हो । धेरै वर्षदेखि रेमिट्यान्स मेक्सिकोका लागि विदेशी मुद्राको प्रमुख श्रोत भएको छ । साथै रेमिट्यान्स आउने अन्य श्रोतमा कच्चा तेल, विदेशी लगानी र अन्तर्राष्ट्रिय पर्यटन रहेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।