दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयबिरुद्ध जापानी नागरिकको बिरोध

जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।

३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर सरकारलाई सम्बन्धित पक्षहरुको सहमति बिना निर्णय नलिन चेतावनी दिएका हुन् । मार्च ११, २०११ मा ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीबाट ग्रस्त फुकुसिमा दाइची आणविक उर्जा केन्द्रले विकिरण जारी गर्ने कोर मेल्टडाउनको सामना गरेको थियो ।

परिणामतः लेभल ७ आणविक दुर्घटना भएको थियो । जुन अन्तर्राष्ट्रिय आणविक र रेडियोलोजिकल घटना स्तरमा उच्च हो । प्लान्टले भवनहरुमा आणविक इन्धनलाई चिसो पार्नबाट विभिन्न पदार्थहरुले दुषित पानीको ठूलो मात्रा उत्पादन गर्दै आएको छ । जुन अहिले करिव एक हजार भण्डारण ट्याङ्कहरुमा भण्डारण गरिएको छ ।

जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा फोहोर पानी छोड्ने विवादास्पद योजना घोषणा गरेको थियो । उनीहरुले सरकारको निर्णयमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्