श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं – काभ्रेमा श्रीमानले श्रीमतीको हत्या गरेको छ । जिल्लाको पाँचखाल नगरपालिका–१२ मा देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्