भारतमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, १ सय ११ जनाको मृत्यु

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ ।

देशभरमा अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।

महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या आठ सय ६८ पुगेको छ । त्यस्तै राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच सय २५ र मृतक संख्या सात पुगेको छ ।

मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।

सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या तीन सय आठ र मृतक संख्या ११ पुगेको छ ।

आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या तीन सय तीन पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन सय २७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्