कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आईसीयूमा

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा राखिएको छ ।

प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताकाले बताएका छन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।

प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्