कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदुषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ । इण्डोनेशियाली सरकारले वायु प्रदुषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ ।

इण्डोनेशियाली उद्यममन्त्री एरिक थोहिरले भन्नुभयो, ‘जकार्तामा हाल वायुप्रदुष्ण उच्च भएको छ । यो द्वीपसमूहह देशमध्येकै सबैभन्दा खराब हो । यसको कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरु हुन्, साथै उद्योगधन्दाहरु हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वन गर्छु । वायु प्रदुषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।’

जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इण्डोनेशियाका राष्ट्रपति जो विडोलले गत सोमवार आईतवारसम्म राजधानीको वायु गुणस्तर सूचकांक १५६ रहेको बताउनुभएको थियो । जो वातावरणका लागि स्वस्थकर मानिँदैन ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।