मंगलवार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो । बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरुमा छलफल भएको थियो ।

छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध बिस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि बिस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ । दुई मन्त्रीहरुले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ काईक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरुको सामना गर्न संयुक्त अरब कार्य र एकताको रुपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन् ।

भेटमा प्यालेस्टाइन—इजरायली द्वन्द्वको न्यायसंगत समाधानको लागि छलफल भएको छ । बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी हुनुहुन्थ्यो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।