हेलम्बु सधैँ चर्चामाः गाउँमै डाक्टरहरुको व्यवस्था, उपचारकालागि काठमाडौँ जानु पर्दैन : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँगाउँमा स्वास्थ्य टोली परिचालन गरेको छ ।
विश्वभरी नै महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गाउँपालिकाले प्रत्येक टोलमा स्वास्थ्य टोली परिचालन गरेको हो । गाउँपालिकाका ३९ स्थानमा जम्मा ३ सय ५ बेडको क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।

‘अब काठमाडौँका अस्पतालहरुबाट गाउँपालिका प्रवेश गर्नेलाई समेत क्वारेन्टाइनमा राख्ने गरि व्यवस्था मिलाउदै छौँ,’ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, ‘अस्पतालबाट फर्केका मानिसहरुमा विभिन्न रोगका संक्रमण हुन्छन्, तिनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्छौ, जसले गर्दा गाउँपालिकामा कोभिड १९ को जोखिम कम हुन्छ’ । यो नीति हेलम्बुले मात्रै हैन सबै स्थानीय तहले अवलम्बन गर्नुपर्छ अध्यक्ष शेर्पाले भने, ‘अस्पतालबाट फर्केका मासिनहरुमा कोरोना भाइरसको संक्रमण पनि हुन सक्छ, त्यसैले अनिवार्य क्वारेन्टाइनमा राख्छौँ ।’

गाउँपालिकामै २ जना डाक्टरहरुलाई नियुक्त गरिएको छ । अब उपचारको लागि काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य गर्छौ, अध्यक्ष शेर्पाले भने, ‘विरामीहरुले अब उपचारको लागि काठमाडौँ जानु नपर्ने गरि स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौँ, गाउँपालिकामै २ जना डाक्टरको पनि व्यवस्था गरेका छौँ ।’ नेपाल सरकारले निशुल्क वितरण गर्ने बाहेकका औषधिहरु समेत गाउँपालिकाले निशुल्क वितरण गरिरहेको अध्यक्ष शेर्पाले उपहार खबरलाई जानकारी दिए । गाउँपालिका बासीहरुको स्वास्थ्यको लागि सधै प्रतिबद्ध भएर लागिरहेको पनि अध्यक्ष शेर्पाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्