मन्त्रिपरिषद् बस्दै, ‘लकडाउन’ लम्ब्याउने तयारी

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।

यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प पनि छैन ।’ एक मन्त्रीले भने ।

उनकाअनुसार मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन चैत २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्