बेदकोट नगरपालिकालाई एनआईसी एशिया बैंकको खाद्यान्न सहयोग

कञ्चनपुर – एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा बैंकले वेदकोट नगरपालिकालाई ७५ हजार बराबरको खाद्यान्न वितरण गरेको हो ।

शुक्रबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दलाई गरीव तथा बिपन्न परिवारलाई वितरण गर्न चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले शुक्रकार बैंकका तर्फबाट लकडाउनका कारण छाकटार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीव तथा मजदरलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरे ।

कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीव तथा बिपन्न परिवारलाई चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले जनाएको छ ।

बिपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अप्ठ्यारोमा परेका बर्गलाई बैंकका तर्फ बाट खाद्यान्नका सामाग्री प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्