दार्चुलाको मार्मा गाउँपालिकामा १ सय २१ जना क्वारेन्टाइनमा

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २१ पुगेको छ । भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने संभावना भएकाले उनीहरुलाई गाउँपालिकाका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए ।

लटिनाथ माविमा ३३, निमावि टाकुमा ३० जना, आधारभूत विद्यालय इठिममा २७ जना, मावि पत्थरकाँडामा १७ जना र मावि मुरईमा १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट फर्केका नागरिकहरुलाई दुई हप्ता सम्म क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाले विभिन्न विद्यालयमा क्वारेन्टाइन बेड निर्माण गरेको छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई निशुल्क खानाको समेत व्यवस्था गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्