शैल्यशिखर नगरपालिकाको कोरोना नियन्त्रण विषेश कार्यदलले के-के निर्णय गरे ? हेर्नुहाेस् !

विनोदसिंह धामी
दार्चुला – शैल्यशिखर नगरपालिकाले कोभिड‐१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण दैनिक गुजरा चलाउन असमर्थ मजदुरहरुलाई राहत स्वरूप खाद्यान्नका अतिरिक्त खानेनुन समेत वितरण गर्ने निर्णय गरेको छ । खाद्यान्नका अतिरिक्त खाने नुनको समेत अभाव हुने देखिएका कारण उनिहरुलाई खानेनुन वितरण गर्ने निर्णय गरिएको नगर प्रमुख अमरसिंह धामीले जानकारी दिए ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण शैल्यशिखर नगरपालिकाको विषेश कार्यदलको शुक्रबार बसेको बैठकले अन्य चार वटा निर्णय गरेको छ । मजदुरलाई खाद्यान्नका अतिरिक्त खाने नुन वितरण गर्न गोकुलेश्वरमा रहेको साल्ड्ट्रेडीङलाई अनुरोध गर्ने र आवश्यकता अनुसार जिल्ला प्रशासनलाई समेत सिफारिस गरी माग गर्ने निर्णय गरिएको प्रमुख धामीले बताए । यस्तै बैठकले अर्थमन्त्रालयको चैत १९ मा प्राप्त पत्र अनुसार राहत वितरण सम्बन्धी नमुना मापदण्ड अनुसार सबै वडाहरुबाट तथ्याङ्क संकलन गर्ने र सोही मापदण्डको आधारमा सम्बन्धित वडाहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको उनको भनाई छ ।

यसैगरी नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर र वडा नम्बर १ बलाचमा स्थापना गरिएको क्वारेन्टाइनमा सुरक्षा जिम्मेवारी ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई दिने निर्णय गरिएको छ । कोरोना भाईरसको नियन्त्रणका लागी क्वारेन्टाइन, हेल्थडेस्क, स्वास्थ्य संस्थाहरु आइसोलेसनका लागी चाहिने अति आवश्यक औषधी तथा औषधी लगायत अन्य सामग्रीहरु खरिद गर्ने समेत निर्णय गरिएको नगर प्रमुख धामीले जानाकारी दिए । बैठकले कोरोना भाईरस संक्रमणको रोकथामका लागी सरकारले थप गरेको दोस्रो पटकको लकडाउनको पुर्णरुपमा पालना गर्नका लागी ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नगर प्रमुख अमर सिंह धामीको अध्यक्षतामा बसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्