कपिलवस्तुमा भिषण आगलागी, ४० घर जलेर नष्ट, थप विवरण आउन बाँकी

सांकेतिक तस्विर

कपिलवस्तु– कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

‘हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ घटनाको बाँकी विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्