अमृत नाथ र जे. आर भट्टको ‘मोहनी’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं – कलाकार अमृत नाथ र जे. आर भट्टको स्वरमा रहेको मोहनी बोलको गीत सार्वजनिक भएको छ । ठट्यौली गीतको रुपमा रहेको मोहनी गीत अमृत नाथले आफ्नो आधिकारी युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

जसमा स्वर गायक तथा कलाकार अमृत नाथको रहेको छ भने र्‍याप जे आर भट्टको रहेको छ । गायकद्वय नाथ र भट्टको शब्दमा रहेको उक्त गीतमा लय गौरव जोशीको रहेको छ । सो गीतको छायाङ्कन सुदूरपश्मिको कैलाली र कञ्चनपुरमा गरिएको छ ।

जसमा किरन पन्त, भावना भट्ट, रबि सानु, किसु पन्त र रोशन टमटा अभिनय रहेको छ । सतिस सिन्हाले सम्पादन गरेका छन् भने पदमराज जोशीले कलर भरेका छन् । रमेश विजुली विसीले निर्देशन गरेको उत्तः गित दिपक संगम विसीले एरेन्ज गरेका छन भने शेर बहादुर बोहराले रेकर्डिङ गराएका छन् ।

ठट्यौली विधाको यो गित दर्शकहरुले छोटो समयमा नै अत्यधिक रुचाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्