सिन्धुलीमा सर्पले डस्दा सहोदर दाजुभाइको ज्यान गयो

सांकेतिक तस्वीर

काठमाडाैं – सिन्धुलीमा सर्पले डस्दा सहोदर दाजुभाइको ज्यान गएको छ । दूधौली नगरपालिका–१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो ।

राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो । आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो । तर, जानकी हेल्थ केयर जनकपुरका डाक्टरले उनीहरुको ज्यान गएको घोषणा गरेका प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्