रचना रिमाल दाङको गुरुकुलमा आउने

दाङ – दाङको घोराहि उपमहानगरपालिका वडा नं.१५ गुरुकुल एकेडेमीमा गायीका रचना रिमाल आउने भएकि छिन । यहि जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् ।

एसइई दिएका बिद्यार्थिहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको लागि रीमाल दाङ आउने भएकि हुन । बिद्यालयको प्राङ्गनमा आयोजना गरीने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने बिद्यालयका नेपाली बिषयका शिक्षक विवेक देवकोटाले जानकारी दिए। कार्यक्रममा बिद्यालयका बिद्यार्थिहरुको प्रस्तुति संगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने बिद्यालयले बताएको छ ।

हाँस्य कलाकार कमल गाँउले र गायिका रीमालको मुख्य प्रस्तुति रहने भएको हो । उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि निशुल्क टिकटको ब्यबस्था गरीएको छ । एसइई दिएका बिद्यार्थिहरुका लागि टिकट निशुल्क गरीएको छ भने टिकट प्राप्त गर्नको  लागि बिद्याथिहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ । टिकट बिद्यालय प्रशासनबाट उपलब्ध हुने र बिद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रीमालले बिद्यार्थिहरुलाई मोटिभेसनल संगै आफ्नो कला प्रस्तुत गर्ने छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्