सुदूरपश्चिममा गठबन्धन दलको बैठक सकियो, भोलि मन्त्रीपरिषद् विस्तार गर्ने सहमती

कैलाली – सरकार विस्तार गर्न मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धन दलको बैठक सकिएको छ। बैठक सकिए पनि मन्त्री मण्डल विस्तार भने आज नहुने भएको छ। सत्ता गठबन्धनको बैठक भोलि शनिवार विहान १० बजे मन्त्री परिषद् विस्तार गर्ने सहमति भएर सकिएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ। सरकार विस्तार गर्न बसेको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो मिलाउने र सरकारलाई पूर्णता दिने हिसाबले छलफल गर्न आज साँझ ५ बजे हुने भनिएको शपथ सारिएको हो।

गठबन्धनमा चार मन्त्रालयको भागबन्डा मिलाउने विषयमा कुरो नमिलेपछि शपथ ग्रहणको कार्यक्रम सारिएको बुझिएको छ। सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट रमेश धामी र झपट साउँद मन्त्री तथा गिता माल राज्यमन्त्री हुने तय भएको छ। नागरिक उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेकाले आज हुने भनिएको शपथ सरेको हो।

नागरिक उन्मुक्तिले कुरो मिलाउन भोलि विहान १० बजेसम्मको समय मागेकाले आज शपथ ग्रहण नभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्